Type Here to Get Search Results !

जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रूपैयाँ लुटियो

 



धनुषाको शुभ श्री बचत तथा ऋण सहकारी ८० लाख रुपैयाँ सोमबार लुटिएकाे छ । जनकपुरकाे भानुचाेकबाट रघुनाथपुर जाँदै गर्दा थुम्हाैनानजिक माेटर साइकलमा आएका तीन जनाले रकम लुटेर फरार भएका हुन्  ।


सहकारीका कर्मचारीले वीरेन्द्र महतोले राष्ट्रिय सहकारी बैंकमा रहेको पैसा झिकेर सहकारीको कार्यालयतर्फ लैजादै गर्दा रकम लुटिएको हो । वीरेन्द्र महताे र रेखादेवी महताे पनि मोटरसाइकलमा रकम लिएका गएका बेलामा तीन युवा युवाले लुटेर भागेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ । बिहान करिब ११ बजे सहकारीकाे पैसा लुटिएकाे विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today