Type Here to Get Search Results !

‘सहकारी ठगी’ र ‘गिरीबन्धु टी स्टेट भ्रष्टाचार’विरुद्ध नेविसंघको खबरदारी र्‍याली (तस्बिरहरू)

प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेस नेकट विद्यार्थी संगठन (नेविसंघ)ले ‘सहकारी ठगी प्रकरण’ र ‘गिरीबन्धु टी स्टेट नीतिगत भ्रष्टाचार’विरुद्ध खबरदारी र्‍याली गरेको छ।  नेविसंघ त्रिचन्द्र बहुमुखी क्याम्पसले बुधबार बिहान खबरदारी र्‍याली गरेको हो।

र्‍यालीमा सहभागीले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वर्तमान उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्ने विभिन्न व्यङ्ग्य समेटिएका पम्प्लेट समाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेमाथिको सूर्यदर्शन सहकारी प्रकरणलाई लक्षित गर्दै ‘गृहमन्त्री ज्यू, सरकारी ठगीको प्रमाण यहाँ छ’ भन्ने पम्प्लेटसमेत सहभागीले बोकेका छन्।

कांग्रेसले यतिबेला सदनमा गिरीबन्धु टी स्टेट नीतिगत भ्रष्टाचार र सहकारी ठगी प्रकरणका विषयमा छानबिन गर्नुपर्ने माग राखेको छ।

गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरेर छानबिन नगरेसम्म अवरोध कायमै राख्ने अडान कांग्रेसले लिएको छ।आज भएको नेविसंघको प्रदर्शनमा पनि सोही माग राखिएको हो।थप थस्बिरहरू:

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today