सन् १९६९ मा अपोलो ११ अन्तरिक्ष अभियानले बज एल्ड्रिन र नील आर्म्स्ट्रङलाई चन्द्रमामा पुर्यायो। त्यसपछि सन् १९७२ को डिसेम्बरसम्म अपोलो मिशनअन्तर्गत अरू १० अमेरिकी अन्तरिक्षयात्रीले पनि चन्द्रमामा टेक्ने मौका पाए। त्यसपछि भने संयुक्त राज्य अमेरिकाले चन्द्रमामा मानवसहितको अभियान बन्द गर्यो।
झन्डै ५० वर्षपछि फेरि अहिले चन्द्रमामा मानिस पठाउने चर्चा चलेको छ।
अमेरिकाले पुनः चन्द्रमामा आफ्ना अन्तरिक्षयात्री पठाउने योजना बनाएको छ। उक्त योजनाअन्तर्गत भिन्न वर्णका एक जना र एक महिलाले पनि चन्द्रमा जान पाउने छन्। भारत र चीनले पनि चन्द्रमामा मानवयुक्त अभियान पठाउने योजना बनाएका छन्।
अहिले किन यस्तो हुँदै छ? अनि सन् १९६० को दशकमा गरिएको अन्तरिक्ष अन्वेषणभन्दा यो कति भिन्न हुन सक्छ?

