Type Here to Get Search Results !

राष्ट्रिय महाधिवेशन सफल बनाउन एक हजार एकावन्न सदस्यीय जनपरिचालन समिती गठन


जनता समाजवादी पार्टी नेपाल एकताको प्रथम राष्ट्रिय महाधिवेशन समितिको उदघाटन सत्रलाई भव्यता प्रदान गर्न एक हजार एकावन्न सदस्यीय जन परिचालन समिति गठन गरिएको छ । 

जनपरिचालन समितिका संयोजक हरिनारायण यादवको अध्यक्षतामा आज जनकपुरमा सम्पन्न मधेश प्रदेश स्तरिय बिस्तारित बैठकले जनपरिचालन समितिलाई एक हजार एकावन्न सदस्यीय बनाउने निर्णय गरेको हो । 

समितिमा प्रदेश भित्रका केन्द्रिय सदस्यहरु, परिषद सदस्य , मधेश प्रदेश कमिटीका पदाधिकारी एवं सदस्य हरु, जिल्ला अध्यक्ष एवं पदाधिकारीहरु , भातृ एवं शुभेच्छुक संगठनका प्रतिनिधि , निर्बाचित जनप्रतिनिधि हरु सदस्य रहने छ ।


जसपा कार्यकारिणी समिति सदस्य एवं मधेश प्रदेश ईन्चार्ज मृगेन्द्र सिंह यादवको प्रमुख आतिथ्यमा भएको उक्त बैठकमा कार्यकारिणी समिती सद्स्य एवं मधेश प्रदेशका पुर्ब मुख्यमन्त्री लालबाबु राउत, कार्यकारिणी सद्स्य गोबिन्द चौधरी , प्रकाश अधिकारी , मनिष सुमन, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, राजनीति समिती सदस्य शैलेन्द्र साह ,राष्ट्रिय सभा सदस्य पुजा चौधरी ,मधेश प्रदेशका मन्त्रीहरु सुरिता साह, सिघासन साह , मो अबुल कलाम , प्रदेश नं. १ का प्रदेश सभा सदस्य एवं पुर्व मन्त्री निर्मला लिम्बु सहितको उपस्थिति रहेको थियो । 

बैठकमा मधेश प्रदेशका केन्द्रिय सदस्य, परिषद सदस्य , मधेश प्रदेश कमिटीका पदाधिकारी एवं सदस्य हरु, जिल्ला अध्यक्ष एवं पदाधिकारीहरु , भातृ एवं शुभेच्छुक संगठनका प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today