जनकपुरबाट सहकारीको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनक महतो र श्रवण कापर छन् ।
दुवैजनालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट लुटेको मध्ये १४ लाख ५३ हजार बरामद गरेको धनुषा प्रहरीले जनाएको छ ।
गत वैशाख ४ गते धनुषाको सबैला १२ रघुनाथपुरका शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतो जनकपुरको हिमालय बैंकबाट ८० लाख रकम निकालेर लगिरहेका थिए ।मोटरसाइकलमा आएका तीनजना हतियारधारीले जनकपुरधाम १९ थुमौनाबाट पेस्तोल देखाएर ८० लाख लुटेर फरार भएका थिए । घटना विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

