Type Here to Get Search Results !

मटिहानी नगरपालिका साक्षर नगर घोषणा

 


महोत्तरी - महोत्तरीको मटिहानी नगरपालिका मधेश प्रदेशकै पाँचौ र महोत्तरी जिल्लाको दोस्रो साक्षर नगर घोषण भएको छ ।
मटिहानी नगरपालिकाले आफ्नो परिचयमा साक्षर नगर थपेको छ ।उक्त साक्षर नगर घोषण कार्यक्रमको शुभारम्भ जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमन लाल कर्णले गर्नुभएको थियो ।मटिहानी नगरपालिकाले आयोजना गरेको साक्षर नगर घोषणा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमन लाल कर्णले बिहिबार भब्य समारोहका बीच नगर प्रमुख हरि प्रसाद मंडललाई प्रमाण पत्र प्रदान गरेर साक्षर नगर घोषण गर्नुभयो ।


मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मंडलले घोषणा सभामा बोल्दै अक्षर चिनेर साक्षर भएका नागरिकलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।


त्यसै गरी उक्त कार्यक्रममा सहभागी प्रमुख अतिथि, बिशिष्ट अतिथि, अतिथि लगायत उपस्थित सबैले यस नगरपालिकालाई निरन्तर शिक्षा तर्फ उन्मुख गरी पूर्ण साक्षर नगरपालिका बनाउने प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गर्नुभयो ।
यस नगरपालिकालाई साक्षर नगर बनाउन सहयोग गर्नुहुने बिभिन्न संघ संस्था, ब्यक्ति , कर्मचारी र सहजकर्ताहरुलाई सम्मान पत्र प्रदान गरी सम्मान समेत गरिएको थियो ।

मटिहानी नगरपालिकाले साक्षर नगर बनाउन २०८० साल असोज महिना देखि नै साक्षरता अभियान संचालन गर्दै आएको थियो जसमा पालिका भरी जम्मा ७२ वटा साक्षरता सहजकर्ता मार्फत अभियान चलाइएको थियो ।


१५ देखि ६० बर्ष उमेर समुहका महिला पुरुषलाई ब्यबहारिक सीप सहितको साक्षरता जस्तै आफ्नो नाम ठेगाना लेख्न सक्ने , परिवारको नाम ठेगाना लेख्न पढ्न सक्ने , आफुले गर्ने सामान्य आर्थिक कारोबारको जोड घटाउ गर्न सक्ने ,मोबाईल चलाउन सक्ने , घडी हेर्न जान्ने लगायतका साक्षरताका १२ वटा सुचक पुरा गर्ने करीब ३६०० नागरिकलाई नगरपालिकाले साक्षर बनाएको र अब यस नगरपालिकाको साक्षरता प्रतिशत ९५.१६% रहेको कुरा शिक्षा शाखा प्रमुख एवं साक्षर नगर घोषणा समितिका सदस्य सचिव चन्देश्वर साहले साक्षरता प्रतिबेदन मार्फत जानकारी दिनु भयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today