Type Here to Get Search Results !

धनुषाको कमला नदी किनारमा सुरु विष्णु महायज्ञको मण्डपमा आगलागी

 

जनकपुरधाम - धनुषाको कमला नदीको किनारमा सुरु भएको श्री विष्णु महायज्ञको मुख्य मण्डपमा आगलागी भएको छ ।

कमला नगरपालिका ५ स्थित कमला नदी किनारमा आज साँझ हवन गर्ने मुख्य मण्डपमा आगलागी हुँदा श्रद्धालुहरुको भागाभाग भएको छ ।

त्यस क्रममा लडेर एक महिला घाइते भएको स्थानीयले बताएका छन् । बाँस र खरको प्रयोग गरि निर्माण गरिएको हवन मण्डपमा आगो लाग्दा पूर्णरुपले जलेको छ । त्यहाँ प्रहरीको उपस्थिति थिएन ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today