Type Here to Get Search Results !

मधेशको खानेपानी समस्या समाधानका लागि तत्कालिन र दिर्घकालिन योजना आवश्यक : मुख्यमन्त्री यादव

जनकपुरधाम, चैत्र २६ ।

मुख्यमन्त्री सरोजकुमार यादवले मधेशको खानेपानी समस्या समाधानका लागि तत्कालिन र दीर्घकालीन योजना बनाएर अघि बढनु पर्ने बताउनु भएको छ । 



संघीय खानेपानी तथा ढल निकासी बिभागद्वारा आज धनुषाको लालगढमा आयोजित मधेश प्रदेशका लागि गुणस्तरयुक्त थोक खानेपानी  बितरण सम्बन्धि परामर्श गोष्ठीमा मुख्यमन्त्री यादवले सो कुरा बताउनु भएको हो । 

मधेशको दक्षिणी भुभागमा केही बर्ष यता पानीको सतह घटेपछी सुख्खा याममा खानेपानीको हाहाकार हुँदै आएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री यादवले दुबै खाले योजनालाई अगाडि बढाउन संघिय सरकारलाई आग्रह समेत गर्नु भयो । 



संघीय सरकारले सुनकोशी मरिन डाईभर्सनको पानीमध्ये केही पानीलाई प्रशोधन गरि मधेशका ६ वटा जिल्लामा खानेपानी आपूर्ति गर्ने नीति लिएकोमा धन्यवाद दिदै मुख्यमन्त्री यादवले भन्नू भयो - 'योजना सराहनीय छ । मधेश सरकार हातेमालो गर्न प्रतिबद्ध छ । यो योजना पूरा हुन धेरै समय लाग्छ । तसर्थ तत्कालीन योजना अघि बढाउन आवश्यक छ । हामी लाई सहयोग गर्नुस । मधेशका चापाकल हरु अहिले नै सुकन थालेका छन । तत्कालीन योजनाका लागि संघ सरकारलाई आग्रह गर्दछु ।



संघिय खानेपानी मन्त्री राजेन्द्र कुमार राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिनिधि सभा महिला, बालबिकास तथा समाजिक समितिका सभापति किरण साह, पुर्व खानेपानी मन्त्री महेन्द्र राय यादव,मधेश सरकारका उर्जा, खानेपानी तथा सिचाई मन्त्री सिंघासन सा कलवार लगायतका बक्ताहरुले मधेशमा खानेपानी आपूर्तिको अवस्था र अगामि रणनिती बारे आ आफ्नो धारणा राख्नु भएको थियो ।

गोष्ठिमा खानेपानी तथा ढ्ल निकास बिभागका निर्देशक कमलराज श्रेष्ठ्ले थोक खानेपानी आपूर्ति प्रणाली सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सुन कोशी मरिन डाईभर्सनको पानी मध्ये केही भागलाई प्रशोधन गरेर मधेश प्रदेशको धनुषा देखि पर्सा सम्म खानेपानी सप्लाई गरि दिर्घकालिन समाधान गर्न सकिने बताए । सो परियोजनाका लागि ४६ अर्ब २० करोड १० लाख १५ हजार ४ सय ८८ रुपैया लागत अनुमान गरिएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today