Type Here to Get Search Results !

सिरहामा मनी ट्रान्सफर सञ्चालकको १५ लाख लुटियो

 


सिरहा नगरपालिका वडा नं ८ बाट आइतबार एक मनी ट्रान्सफरका सञ्चालक लुटिएका छन् ।सिरहाबाट विष्णुपुर गाउँपालिकातर्फ मनी ट्रान्सफरको १५ लाख रुपैयाँ लिएर जाँदै गरेका शिव मनी ट्रान्सफरका सञ्चालक कुशेश्वर यादव लुटिएका हुन् ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जनाले यादवलाई रोकेर पेस्तोल देखाई उनीसँग भएको रकम लुटी महिसाउथातर्फ भागेको सिरहा प्रहरीले जनाएको छ ।लुटपाट गर्नेको खोजी भइरहेको सिरहा प्रहरीका प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today