Type Here to Get Search Results !

मटिहानि मा एल पि जि ग्यास सिलिन्डर र चुल्हा वितरण कार्यक्रम संपन्न भएको छ ।

 रागनी साह ,

महोत्तरी ,२४ चैत 



आज मटिहानिमा नेपाल भारत मैत्री कार्यक्रम अन्तर्गत एल पि जि ग्यास सिलिन्डर र चुल्हो वितरण कार्यक्रम मटिहानि नगर प्रमुख हरि प्रसाद मंडलको अध्यक्षतामा सम्पन्न भएको हो ।



कार्यक्रमको शुभारम्भ महोत्तरी क्षेत्र नं.३ का सांसद तथा लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष माननीय महन्त ठाकुरले गर्नुभयो ।

मटिहानि नगरपालिकाका वडा नं.१देखि ९ सम्मका करिब दुई हजार अति विपन्न तथा दलित परिवारलाई निशुल्क एल पि जि ग्यास सिलिन्डर र चुल्हो वितरण भएको सुशिलाठाकुर मेमोरियल हेल्थ फाउन्डेसन धनुषाको अध्यक्ष डा.मिनाक्षी ठाकुरले बताउँनुभयो । 

सुशिला ठाकुर मेमोरियल हेल्थ फाउन्डेसनलाई ग्यास सिलिन्डर र चुल्हो भारत सरकार को साना बिकास परियोजना अन्तर्गत प्राप्त भएको थियो ।



उक्त कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री माननीय रमेश प्रसाद कुर्मि ,प्रदेश सभा सदस्यहरु ,प्रमुख जिल्ला अधिकारि शिवराम गेलाल ,सुरक्षा निकायका प्रमुखहरु ,वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु लगायत विभिन्न राजनीतिक पार्टीका पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today