Type Here to Get Search Results !

गौर भन्सारको बदमासी लिलामी गरिएको स्क्रेपको सवारीसाधन ठेकेदारले सिधै लग्दै !



रौतहट।चैत २६ ।रौतहट जिल्लाको गौर भन्सारबाट लिलामी गरिएको स्क्रेपका चार चक्का र मोटरसाइकल ठेकेदारले सिधै लग्दै तथ्य बाहिरिएको हो।गौर भन्सारले गत चैत ५ गते लिलाम गरिएको ७० पिस चारपाङ्गे र ११३८ पिस मोटरसाइकल अहिले ठेकेदारले स्क्रेपका सवारीसाधन अर्को ठाउँमा स्टोर गर्न बिना स्क्रेपकै लगि रहेको तथ्य बाहिरिएको हो। गौर भन्सारकै मिलोमतोमा ठेकेदारले आ- आफ्नो मान्छे खटाई बिचौलियाको सहारामा उक्त स्क्रेप भएका सवारीसाधन अन्तय ठाउँमा स्टोर गरिरहेको पाईएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा पक्राउ गरि बर्षौं भन्सार दाखिला गरेको सवारीसाधन गत चैत ५ गते लिलाम गरेको थियो ।
गौर भन्सार लिलामी प्रकृयामा रहेको ७० पिस चारपाङ्गे सवारीसाधनको मुल्यांकन मूल्य ३१ लाख ९७ हजार ४ सय पचिस तोकिएको थियो भने स्क्रेपकै ११३८ पिस मोटरसाइकल मुल्यांकन मूल्य ३९ लाख ५८ हजार ३ सय पचिस तोकिएको थियो। उक्त स्क्रेपका चारपाङ्गे र मोटरसाइकल लिलाम प्रकृयामा जाँदा न्यु बिश्वास ट्रेडर्स जनकपुरधामले सबैभन्दा बढी बोलपत्र चारपाङ्गे ८७ लाख ८७ हजार ८ सय ७७ रुपैयाँ र मोटरसाइकल १ करोड २१ लाख भरे पछि उक्त स्क्रेपका लिलामको सवारीसाधन सो ट्रेडर्सलाई परेको थियो। बर्षौं देखि गौर भन्सारमा पक्राउ परि राखिएका लिलामका सवारीसाधन अहिले ठेकेदार र गौर भन्सारका प्रमुख अम्रेन्द्र सिंहको सेटिङ्गमा स्क्रेपमा लिलाम भएको सवारीसाधनको इन्जिन नंबर र चेचिस नकाटि सिधै पिकपमा लोड गरि अन्तय ठाउँमा ठेकेदारले स्टोर गरिरहेका छन्। सो स्क्रेपका सवारीसाधन सडकमा चलाउन गौर भन्सारले अनुमानि पत्र नबनाएता पनि ठेकेदारले उक्त सवारीसाधन गौर भन्सार कार्यालयबाट स्क्रेप नै नगरि सिधै पिकपमा लोर्ड गरि अन्तय ठाउँमा स्टोर गर्ने गरेका छन्।
स्टोर गरिएको ठाउँबाट ठेकेदारले सवारीधनीले पुरानो कागज ल्याई स्क्रेपमा लिलाम गरिएको सवारीसाधनबाट ईन्जिन नंबर र चेचिस नंबर मिलाई आ-आफ्नो सवारीसाधन चर्को पैसा तिरी लगिरहेका छन्। उक्त स्क्रप भएका सवारीसाधन सडकमा चलाउन गैरकानुनी रहेता पनि गौर भन्सार प्रमुख र ठेकेदारलाई अहिले रजगज भएका छन्। यस बिषयमा गौर भन्सार प्रमुख सिंह संग सोधपुछ गर्दा स्क्रेपमा लिलाम गरिएका सवारीसाधन १५ दिन भित्र ईन्जिन र चेचिस नंबर ग्यास बेल्डिङ्गले काटी मात्र लग्ने हो । भन्सार प्रमुख सिंहले यस्तो जवाफ दिए। तर ठेकेदारले अहिले स्क्रेप भएको सवारीसाधनको ईन्जिन र चेचिज नकाटिकन अन्तय ठाउँमा स्टोर गर्दै गरेको पाईएको हो ।
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today