Type Here to Get Search Results !

बर्दियाबाट करिब ६ किलो चरेशसहित आशा पक्राउ

 


बर्दियाबाट करिब ६ किलो चरेशसहित एक जना महिला पक्राउ परेकी छन्।

सशस्त्र प्रहरी बलले सोमबार बढैयाताल गाँउपालिका-२ स्थित सीमा इलाकाबाट करिब ६ किलो चरेशसहित एक जना महिलालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा ४५ वर्षीया आशा राई रहेबी छन् । दाङको लमही नगरपालिका-१ बस्ने राई चरेश बोकेर नेपालबाट भारततर्फ जाँदै थिइन्।

उनले शरीरमा बाँधेर भारत जाँदै गरेको बेलामा शंका लागेर जाँच गर्दा चरेश फेला परेको हो।

उनीबाट १२ वटा प्याकेट बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ। यस घटनामाथि थप अनुसन्धान गर्न प्रहरीलाई बुझाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today