Type Here to Get Search Results !

महोत्तरी की महिलाको जलीरहेको अबस्था मा धनुशामा शब बरामद,आमा सँगै जलेर घाइते भएकी ९ महीने छोरी समेतको मृत्यु,घटना संकास्पद

 

महोत्तरी,६ वैशाख । 




धनुषा प्रहरीले बुधबार राती जलिरहेको अबस्थामा एक महिलाको शव बरामद गरेको छ भने सो शव सँगै जलेर घाइते भएकी ९ महीने बालिका को समेत उपचारको क्रम मा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको छ । महोत्तरीको पिपरा गाउ पालिका १ ढेकहा माइत तथा मनरा सिसवा नगरपालिका २ इटहरवा ससुराली भएकी सुमित महतो की श्रीमती अन्दाजी २४ वर्षीया प्रियंका महतोको शव धनुषाको जनकपुर उप महानगर पालिका १६ कपलेश्वर स्थित खतवे टोल नजिक जलिरहेको अबस्थामा फेला परेको थियो । मृतक प्रियंका सँगै जलेको अबस्थामा भेटीएकी ९ महीने बालिका  माही कुमारी उनकै छोरी रहेको परिवारले सनाखत गरेको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषा का प्रवक्ता रञ्जन आबे ले घटनाको अनुसंधान भैरहेको बताउदै अहिले नै यो वा त्यो भन्न नसकिने बताए । उनले प्रहरीले गम्भीरता पूर्वक अनुसंधान गरिरहेको थपे ।

प्रहरीले हत्या आसंकामा केहि व्यक्तिको खोजबीन गरिरहेपनी सो भने खुलाएको छैन।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today