Type Here to Get Search Results !

भिनिसियसको दुई गोलमा रियल हारबाट जोगियो

एजेन्सी – ब्राजिली युवा फरवार्ड भिनिसियस जुनियरको दुई गोल सहयोगमा शीर्षस्थानमा रहेको रियल म्याड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ ।

खेलको अन्त्यतिर १० खेलाडीमा समेटिएको दुई गोलले पछि परेको स्थितिमा भिनिसियसले दुई गोल गर्दा रियलले घरेलु टोली भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो ।

भ्यालेन्सियामा शनिबार राति भएको खेलमा घरेलु टोलीका लागि ह्युगो डुरो र रोमन यारेमचुकले गोल गरे । खेलको २७औं मिनेटमा डुरोको गोलबाट रियल खेलमा पछि परेको थियो । उनले फ्रान पेरेजको पासमा गोल गर्न सफल भएका थिए । त्यसको तीन मिनेटपछि रोमनले गोल गर्दै भ्यालेन्सियाको अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई खेलमा फर्काउने संकेत दिए । उनले अर्का ब्राजिली विंगर रोड्रिगोको पासमा गोल गर्न सफल भएका थिए ।

७६औं मिनेटमा भिनिसियसले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले यसपटक ब्राहिम डियाजको पासलाई सदुपयोग गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा भ्यालेन्सियाले पेनाल्टीको अपिल गरेपनि भिएआरबाट मान्यता पाएन । इन्ज्युरी समयको थप गरिएको १०औं मिनेटमा रियल १० खेलाडीमा समेटिन पुग्यो ।

जुड बेलिङहम सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । रियलले ७१ प्रतिशत बल पोसेसन राखेपनि फिनिसिङ गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

यस बराबरीले शीर्षस्थानमा रहेको २७ खेलबाट ६६ अंक पुगेको छ । रियलले दोस्रो स्थानमा रहेको जिरोनालाई ७ अंकले पछि पारेको छ । जिरोनाले एक खेल कम खेलेको छ । भ्यालेन्सिया २६ खेलबाट ३७ अंकसहित नवौं स्थानमा छ ।

The post भिनिसियसको दुई गोलमा रियल हारबाट जोगियो first appeared on हाम्रो खेलकुद.



from हाम्रो खेलकुद https://ift.tt/Q3o9IUq

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today