Type Here to Get Search Results !

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, केही जहाज आकाशमा फन्को लगाउँदै

 unn.prixa.net

काठमाण्डाै – प्रतिकूल मौसमका कारण  हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार 'भिजिबिलिटी' कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाले 'भिजिबिलिटी' कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार एअर चाइनाको जहाज 'डाइभर्ट' भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाइरहेका छन् अर्थात् 'होल्ड' भएका छन् । 'होल्ड' मा रहेका केही अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण हुन थालेका छन् । आन्तरिकतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको छैन । तराई क्षेत्रका विमानस्थलमा भने नियमित उडान भइरहेको छ ।

यसैबीच पश्चिमी वायुको प्रभावले बाग्मती, कोशी र गण्डकी प्रदेशमा निरन्तर पानी परिरहेकाे छ । देशभर बदलीसँगै केही दिन पानी पर्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाण्डाै उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसमविद् गोविन्दकुमार झाले बताउनुभयो ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today