Type Here to Get Search Results !

सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्त

 

नेकपा एस र नागरिक उन्मुक्तिका यथावत                                                                                                                 

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गरेका छन्। मुख्यमन्त्री शाहले सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र सोही मन्त्रालयको राज्यमन्त्री गीतादेवी माललाई पदबाट हटाएका हुन्।

मन्त्री हटाएपछि ती दुवै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफैँसँग राखेका छन्। राष्ट्रिय राजनीतिमा नयाँ परिस्थिति बनेपछि प्रदेशमा िहेरफेर गरिएको धनगढीमा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री शाहले बताए। नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई भने मुख्यमन्त्रीले चलाएका छैनन्।

सरकारमा नागरिक उन्मुक्तिबाट एक मन्त्री र एक राज्यमन्त्री तथा एकीकृत समाजवादीबाट एक मन्त्री छन्। यी दुवै दलले समर्थन फिर्ता नलिएको अवस्थामा सरकारको बहुमत कायम रहन्छ। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ।

प्रदेश सभामा कांग्रेसका १८, माओवादीका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र निर्वाचित एक सांसद छन्। एक सदस्यको दुर्घटनामा निधन भएपछि प्रदेश सभामा हाल ५२ सदस्य छन्।मुख्यमन्त्री शाहले सरकारको बहुमत कायम राख्नका लागि सहयात्री दलहरूसँग छलफल गरिरहेको बताएका छन्।

नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा दाबी गरेकोबारे सोधिएको प्रश्नमा उनले गठबन्धन जोगाउने सन्दर्भमा कांग्रेसले सबै विकल्प खुला राखेको बताए। ‘सबै विकल्प खुला राखेका छाैँ । जस्तो किसिमको सहमति गर्न पनि कांग्रेस तयार छ,’ मुख्यमन्त्री शाहले भने।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today