एजेन्सी – स्पेनिस ला लिगामा शीर्ष दौडमा रहेका जिरोनाले हार बेहोर्दा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । यो नतिजाले शीर्षस्थानमा रहेको रियल म्याड्रिडलाई फाइदा पुगेको छ ।
ला लिगा अन्तरगत २७औं राउन्डको खेलमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोना घरेलु टोली रियल मलोर्कासँग १–० ले पराजित भएको हो ।
जिरोनालाई पराजित गर्न मलोर्काका जोस कोपेटले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३३औं मिनेटमा साइल लरिनको पासमा गोल गर्न सफल भएका थिए ।
यस हारसँगै जिरोनाले शीर्षस्थानको रियलसँगको अंकदुरी छोट्याउने मौका गुमाएको छ । जिरोना २७ खेलबाट ५९ अंक जोडेर दोस्रो स्थानमा छ ।

ला लिगाकै अर्काे खेलमा बार्सिलोना एथलेटिको बिल्वाओसँग गोलरहित बराबरीमा रोकिदा दोस्रो स्थानमा उक्लदै रियलसँगको अंक दुरी छोट्याउने अवसर गुमाएको छ ।
बिल्वाओका मैदानमा आइतबार राति भएको खेलमा पाहुना टोली बार्सिलोनाले बल पासेसन राख्दै खेलमा पकड जमाएपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।
यस बराबरीले तेस्रो स्थानमा रहेको बार्सिलोनाको २७ खेलबाट ५८ अंक छ । जित निकाल्न सकेको भए बार्सिलोना दोस्रो स्थानमा उक्लदै रियलसँगको अंक दुरी ६ मा छोट्याउने थियो ।
शीर्षस्थानको रियलको २७ खेलबाट ६६ अंक छ । बार्सिलोनालाई बराबरीमा रोकेको बिल्वाओ ५० अंक जोडेर पाँचौं स्थानमा छ ।
ला लिगाकै अर्काे खेलमा एट्लेटिको मड्रिडले रयल बेटिसलाई २–१ ले पराजित गरेको छ । एट्लेटिकोको जितमा अल्भारो मोराटाले गोल गर्दा एक गोल उपहार पाएको थियो । रियल बेटिसका विलियम कार्भाल्होले एक गोल फर्काए ।
यस जितले एट्लेटिको २७ खेलबाट ५५ अंक जोडेर ५५ अंक जोडेर चौथो स्थानलाई थप मजवुत पारेको छ । पराजित बेटिस ४२ अंक जोडेर छैटौं स्थानमा छ ।
अर्काे खेलमा भिल्लारियलले ग्रानडालाई ५–१ ले पराजित गरेको छ । भिल्लारियलको जितमा एलेक्सान्डर सोर्लाेथले ह्याट्रिक पूरा गरे । इटिन कोपोइ र गोन्कालो गुइडेसले एक गोल गपे । ग्रानडाका थियोडरले एक गोल फर्काए ।
यस जितले भिल्लारियल २७ खेलबाट ३२ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ । पराजित ग्रानडा १४ अंक जोडेर १९औं स्थानमा छ ।
The post बार्सिलोना रोकियो, जिरोनाको हार first appeared on हाम्रो खेलकुद.
from हाम्रो खेलकुद https://ift.tt/KsPvgFQ
