Type Here to Get Search Results !

बार्यनको जितमा केनको‌ ह्याट्रिक

एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शनिबार माइन्जमाथि बायर्न म्युनिखले सानदार निकालेको छ। ह्यारी केनको ह्याट्रिक सँगै घरेलु मैदानमा बायर्नले माइन्जलाई ८-१ हराएको थियो।

खेलको १३ औं मिनेटमा पहिलो गोल गरेका केनले ७० औं मिनेटमा ह्याट्रिक पूरा गरेका‌ थिए। दोस्रो गोल उनले पहिलो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा गरेका थिए।

त्यस्तै लियोन गोरेत्ज्काले १९ औं र‌ इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरेका थिए। त्यस्तै थोमस मुलरले ४७ औं मिनेटमा, जमल मुसियाला ६१ औं र सर्ज गिनब्रीले ६६ औं मिनेटमा गोल गरेका थिए।

माइन्जका नादियम अमिरिले ३१ औं मिनेटमा गोल गरेका थिए। अंक तालिकाको दोस्रो स्थानमा रहेको बायर्नको ५७ अंक पुगेको छ। एक खेल कम खेलेको लिभरकुसेन ६४ अंकका साथ शीर्षस्थानमा छ। तेस्रो स्थानको भिएफबी स्टुटगार्टको ५३ अंक छ।

The post बार्यनको जितमा केनको‌ ह्याट्रिक first appeared on हाम्रो खेलकुद.



from हाम्रो खेलकुद https://ift.tt/5PfilwV

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today