Type Here to Get Search Results !

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इंग्लिस च्याम्पियन तथा साविक विजेता म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राती सम्पन्न दोस्रो लेगको खेलमा एफसी कोपनहेगनलाई ३-१ ले पराजित गर्दै सिटीले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । पहिलो लेगमा ३-१ कै जित दर्ता गरेको सिटी समग्रमा ६-२ ले विजयी भयो ।

सिटी प्रतियोगिता इतिहासमा लगातार १० जित दर्ता गर्ने पहिलो इंग्लिस टिम पनि बनेको छ । समूह चरणको सबै खेल जितेको सिटीले अघिल्लो सिजन पनि लगातार जितको सिलसिला कायम राखेको थियो । सिटी च्याम्पियन्स लिग अन्तर्गत घरेलु मैदानमा ३० खेलयता अपराजित छ ।

घरेलु मैदान इतिहाद रंगशालामा सिटीले सुरुवाती ९ मिनेटमै २ गोल गरेर सहज जितको आधार तयार पारेको थियो । म्यानुएल अकान्जी र जुलियन अल्भारेजले गोल गरेका थिर ।

मोहमद एल्युनुसीले २९ औं मिनेटमा गोल फर्काएपनि सिटीले पहिलो हाफको इन्ज्युरी समयमा एर्लीङ हालान्ड मार्फत अग्रता बढायो । दोस्रो हाफमा दुवै टोलीले गोल नथप्दा सिटी अघि बढेको हो ।

The post म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा first appeared on हाम्रो खेलकुद.



from हाम्रो खेलकुद https://ift.tt/TIeSfMb

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today