Type Here to Get Search Results !

लिभरपुलको सानदार जित

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा सानदार जित दर्ता गरेको छ ।लिभरपुलले चेक रिपब्लिक क्लब स्पार्टा प्रागमाथि उसकै मैदानमा ५–१ को सानदार जित दर्ता गर्दै क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।

घरेलु टोलीविरुद्ध लिभरपुलको फराकिलो जितमा डार्विन नुनेजले दुई तथा एलेक्सिस म्याक एलिस्टर, लुइस डियाज र डोमिनिक जोबोस्लाईले समान एक गोल गरे । स्पार्टाले एक गोल उपहार पाएको थियो ।

इपेट एरिना प्राहामा बिहीबार राति भएको खेलको छैटौं मिनेटमा नै एलेक्सिस म्याक एलिस्टरको पेनाल्टी गोलबाट लिभरपुलले अग्रता बनाएको थियो । २५औं मिनेटमा डार्विन नुनेजले अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा नुनेजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि लिभरपुल पहिलो हाफमै ३–० को आरामदायी स्थितिमा अघि बढ्यो । ४६औं मिनेटमा कोनर ब्राड्लेले आत्मघाती गोल गर्दा खेल ३–१ को स्थितिमा पुग्यो ।

५३औं मिनेटमा लुइस डियाजले हार्भे इलिओटको पासमा गोल गदै लिभरपुललाई सहज जिततर्फ असघ बढाए । ८४औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । तर, इन्ज्युरी समयमा डोमिनिकले गोल गर्दै लिभरपुललाई सानदार जित दिलाए ।

यस जितले लिभरपुलको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । दोस्रो लेगमा फराकिलो हार नभोगेको अवस्थामा पनि लिभरपुल अघिल्लो चरणमा प्रवेश गर्नेछ ।

अन्य नतिजा
स्पोर्टिङ सिपीविरुद्ध एटलान्टा (१–१)
क्वारावाग एफकेविरुद्ध बायर लिभरकुसन (२–२)
रोमाविरुद्ध ब्राइटन (–०)
एसी मिलानविरुद्ध स्लाभिया प्राग (–२)
बेन्फिकाविरुद्ध रेन्जर्स (२–२)
फ्रेइवर्गविरुद्ध वेस्ट ह्याम (–०)
मार्सेविरुद्ध भिल्लारियल (–०)

The post लिभरपुलको सानदार जित first appeared on हाम्रो खेलकुद.



from हाम्रो खेलकुद https://ift.tt/K14LV5n

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today