गोकर्णेश्वर नगरपालिका–३ स्थिती तारेभीर जंगलमा युवतीको हत्या गरेर शव गाडेको आरोपमा पक्राउ परेका युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।
तारेभीरमा सुष्मा लामा नाम गरेकी १८ वर्षीया किशोरीको हत्या आरोपमा पक्राउ परेका तारेभीरकै २१ वर्षीइ रुपेन्द्र लामालाई प्रहरीले सार्वजनिक गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई घरैबाट पक्राउ गरेको थियो ।

