Type Here to Get Search Results !

सविताको गोलमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा जोर्डनविरुद्ध नेपालले सविता राना मगरको गोलमा अग्रता लिएको छ । पहिलो हाफमा नेपाल १-० ले अघि छ ।

चौथो मिनेटमा जोर्डनकी कप्तान माएसा जबाराहको प्रहार पोस्टको दिशामा रहेन । सातौं मिनेटमा गिता रानाको लामो फ्रिकिक जोर्डन गोलरक्षक शेरिन अल शलाबेले समात्न नसकेपनि खतरा भने रहेन ।

११औं मिनेटमा सविता राना मगरको क्रसमा अमिषा कार्की नियन्त्रणमा लिनुअघि चिप्लिन पुगिन् । १५औं मिनेटमा रश्मी घिसिङको प्रहार सिधै अल शलाबेको हातमा पुग्यो । १७औं मिनेटमा दीपा शाहीको फ्रिकिक पनि सिधै अल शलाबेको हातमा पुग्यो । अर्को मिनेटमा प्रिती राईको प्रहारमा पनि उनी बाधक बनिन् ।

२९औं मिनेटमा आज पहिलो पटक सुरुवाती ११ मा रहेर खेलिरहेकी सविता राना मगरले नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलको पास जोर्डनले क्लियर गर्न नसकेपछि सविताले बक्सको छेउबाट गरेको प्रहार अल शलाबेको पहुंच भन्दा टाढा जाँदै पोस्टको दिशा लियो ।

जोर्डनले नेपालको अग्रतापछि लगातार दबाब बनाएपनि पेनाल्टी क्षेत्रभित्र खतरा दिन सकेको छैन ।

नेपाल ११ औं पटक फाइनल खेल्दै पहिलो उपाधिको खोजीमा छ ।

The post सविताको गोलमा नेपाललाई अग्रता first appeared on हाम्रो खेलकुद.



from हाम्रो खेलकुद https://ift.tt/iORPgh0

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today