Type Here to Get Search Results !

बलिउड फिल्म ‘डंकी’को नक्कल गर्दै मानव तस्करी

 

भैरहवा- काठमाडौं को गौशाला मा बन्धक बनाइएका भारतिय नागरिकहरु को प्रहरी ले उद्दार गरेको छ ।

गौशाला स्थित एक घरमा केही भारतीयले घर भाडामा लिई गैरकानूनी रुपमा भारतीय नागरिकहरुलाई नै बन्धक बनाई राखेको भन्ने प्रहरी लाई प्राप्त सुचना सँगै प्रहरी परिसर काठमाडौं र बृत्त गौशालाको संयुक्त टोली ले उक्त घरमा प्रवेश गरी खानतलासी गरी अनुसन्धानको क्रममा बन्धक बनाई जोखिमपूर्ण अवस्थामा रहेका ११ जना भारतीय नागरीकहरुलाई सकुशल उद्दार गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौ ले जनाएको छ।

गैरकानूनी रुपमा भारतीय नागरिकहरुलाई बन्धक बनाई राख्ने १० जना लाई प्रहरी ले पक्राउ गरेको छ। पक्राउ पर्ने मा आठ जना भारतिय नागरिक र दुई जना नेपाली नागरिक रहेको जनाईएको छ। प्रहरी ले घर को खानतलासी गर्ने क्रम मा पिडितहरु को पासपोर्ट, विभिन्न देशका मुद्राहरु, विभिन्न एयरलाइन्सका नक्कली वोर्डिगं पास हरु, ल्यापटप, नक्कली रबर स्ट्याम्पहरु, कैची, र पेपर कटर लगायतको सरसामानहरु को साथै शारीरिक यातना दिन प्रयोग हुने पाईप फेला पारेको छ।

पक्राउ परेका व्यक्तिहरु उपर मुलुकी अपराध संहिता २०७४ को अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाण्डौबाट म्याद थप गरी जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट थप अनुसन्धान भई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today