काठमाडौं (हाम्रो खेलकुद) – नेपाल युवा संघद्वारा आयोजित दोस्रो संस्करणको केपी टोली कपमा आज दुवै सेमिफाइनल खेल हुँदै छन् । अहिलेसम्मका खेल एन्फा कम्प्लेक्समा भएका थिए भने आजदेखिका खेलहरु दशरथ रंगशालामा हुनेछन् ।
आज हुने पहिलो सेमिफाइनलमा बिहान ११:३० बजे जावलाखेल युथ क्लब र न्यू रोड टिम (एनआरटी) भिड्दै छन् । जावलाखेलले आयोजक टोली केपी ओली एफसी माथि २-१ को जित निकाल्दै अन्तिम चारमा आफ्नो स्थान बनाएको थियो । यस्तै एनआरटीले भने थ्री स्टार क्लब विरुद्ध १-० को जित निकालेको थियो ।

यस्तै दिनको दोस्रो सेमिफाइनलमा साविक विजेता मछिन्द्र एफसी र भारतीय टोली मानेभञ्ज्याङ एफसी भिड्ने छन् । मछिन्द्रले नेपाल पुलिस क्लब माथि ४-० को जित निकाल्दै सेमिफाइनलमा पुगेको थियो भने मानेभञ्ज्याङ एफसीले अर्को भारतीय टोली दिल्ली एफसी विरुद्ध ३-१ को जित निकालेको हो ।
फाइनल फागुन १९ गते हुनेछ । प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्ष केपी ओली कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।
The post केपी ओली कपमा आज सेमिफाइनल खेल हुँदै first appeared on हाम्रो खेलकुद.
from हाम्रो खेलकुद https://ift.tt/237vrdZ
