Type Here to Get Search Results !

सोनमा गाउँपालिकामा विद्यालय स्वास्थ्य र पोषण सम्बन्धि अन्तरतक्रिया कार्यक्रम सम्पन्न

महोत्तरी – महाेत्तरीकाे साेनमा गाउँपालिकामा विहिवार विद्यालय स्वास्थ्य र पोषण सम्बन्धि एक दिने अन्तरतक्रिया कार्यक्रम सभाहलमा सम्पन्न भएको छ। 

विद्यालय स्वास्थ्य र पोषण सम्बन्धि अन्तरतक्रिया कार्यक्रम अन्तरर्गत साेनमा गाउँपालिकामा संचालनमा रहेको सम्पुर्ण सामुदायिक विद्यालय,मदर्सा र संस्थागत विद्यालहरुमा अध्यनरत किशोरीहरुलाइ लक्षित गरि कार्यक्रम हुनलागेको हाे। विशेषगरी कक्षा ५ देखि  कक्षा १२ सम्म अध्यनरत किशोरिहरुलाइ प्रजनन अंगहरुको विकास क्रममा आइरन चक्की खानको लागि किशोरीहरु लक्षित कार्यक्रम गरिएको कुरा स्वास्थ्य संयोजक जितेन्द्र कुमार साहले जाकारी दिनु भएको छ।

पालिका भित्र रहेका १७ सामुदायिक विद्यालय,१ ओटा मदर्सा, ४ ओटा संस्थागत विद्यालयमा अध्यनरत किशोरीहरुलाइ स्वस्थ्य राख्न नेपाल सरकार द्वारा यो कार्यक्रम लागू गरिएको संयोजक साहले बताउनु भएको छ।नेपाल सरकार द्वारा लागू गरिएको विद्यालय स्वास्थ्य  र पोषन कार्यक्रमको चक्र पूरा भएमा किशोरीहरुलाई बच्चा जन्माउने समयमा शरिरमा रगतको कमि नहुने तथा जन्मेको शिशु रक्तअल्पता रोगको सिकार नभइ आमा र शिशुको स्वास्थ्यमा ठूलो मद्दत पुग्ने बिश्वास लिएको पालिका प्रमुख बिशेश्वर प्रसाद यादवले बताउनुभयो । 

स्वास्थ्य शाखाको संयोजकत्वमा सोनमा गाउँपालिकको सभाहलमा भएको कार्यक्रममा सोनमा गाउपालिका अध्यक्ष विशेश्वर प्रसाद यादव, उपध्यक्ष जहिदा खतुन, स्वास्थ्य संयोजक जितेन्द्र कुमार साह, पप्पु कुमार यादव,शिक्षा संयोजक राजकुमार साह, सह संयोजक धर्मेन्द्र कुमार यादव, पालिका भित्रका सम्पुर्ण विद्यालयका स्वास्थ्य फोकल पर्सन,आठ ओटै स्वास्थ्य चौकी प्रमुखहरुको उपस्थिती रहेको थियो।

The post सोनमा गाउँपालिकामा विद्यालय स्वास्थ्य र पोषण सम्बन्धि अन्तरतक्रिया कार्यक्रम सम्पन्न appeared first on Shirish News.



from Shirish News https://ift.tt/foMV6Y3

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today