Type Here to Get Search Results !

१३ सयलाई एनआइसी एसिया लघुवित्तको वित्तीय साक्षरता

 


एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले एक महिनामा एक हजार तीन सयभन्दा बढीलाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण दिएको छ । लघुवित्तले माघ महिनामा कोशीदेखि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका शाखाले प्रशिक्षण दिएका हुन् । 

­संस्थाका अमहीबेल्हा, गन्जभवानीपुर, लक्ष्मीनिया, सखडा, कविलास, पाँचखाल, मिर्मी, सिरुबारी, चप्परगौडी, खजुरा, सानोश्री, बागचौर, छायाँक्षेत्र, बेलौरी, लालझन्डी, लम्कीचुहा र पाटनलगायतका शाखाले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको जनाइएको छ ।

संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषअन्तर्गत हालको विषम परिस्थितिलाई मध्यनजर गरी स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मीको उपस्थितिमा, संस्थामा आबद्ध सदस्य तथा गैरसदस्यलाई दैनिक आम्दानी तथा खर्चको विश्लेषण, वित्तीय सेवासम्बन्धी ज्ञान, भविष्यका लागि बचतको आवश्यकता, बचत गर्ने तरिका, कर्जाको सही सदुपयोग गर्ने तरिका, व्यवसाय व्यवस्थापनजस्ता विषय समेटेर कार्यक्रम गरेको उल्लेख छ । 

कार्यक्रममा सहभागीले कर्जाको सदुपयोग कसरी गर्ने, कर्जा लिएर कस्तो प्रकारको व्यवसाय गर्ने, कसरी आम्दानी बढाउने, बचत कसरी बढाउने र खर्च कसरी कम गर्न सकिन्छ भन्ने विषयमा विशेष ज्ञान हासिल गर्न पाएको संस्थाको दाबी छ । संस्थाले हाल दुई सय ८७ शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today