एजेन्सी- इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई २–१ ले हराएको छ । युनाइटेडलाई जित दिलाउन दुबै गोल रास्मस होजलन्डले गरेका थिए।
लिगमा लगातार चौथौ जित निकालेको युनाइटेडको शीर्ष चार भित्र पर्ने सम्भावनालाई जीवित राखेको छ ।
होजलन्डले खेल सुरु भएको ४० सेकेन्डमा नै गोल गरेका थिए। विपक्षी खेलाडीको गल्तीको फाइदा उठाउँदै उनले गोल गरेका हुन्। होजलन्डले सातौं मिनेटमा अर्को गोल गरेका थिए । लुटनका चार्ल्टन मोरिसले १४ औं मिनेटमा गोल फर्काएका थिए ।
२५ खेलमा युनाइटेड ४४ अंकका साथ छैटौं स्थानमा छ । शीर्षको लिभरपुल भन्दा युनाइटेड १३ अंकले पछाडि छ । लुटन २० अंक जोड्दै १७ औं स्थानमा छ।
आइतबार अर्को खेलमा ब्राइटनले सेफिल्ड युनाइटेडलाई ५–० ले हरायो । जितपछि ब्राइटन ३८ अंकमा सातौं स्थानमा उक्लेको छ । अंक तालिकाको पुछार रहेको सेफिल्डको १३ अंक छ।
The post म्यानचेस्टर युनाइटेडको जित first appeared on हाम्रो खेलकुद.
from हाम्रो खेलकुद https://ift.tt/7YJs28b
