Type Here to Get Search Results !

पोखराबाट साढे ६ किलो सुन र ६२ लाख नगदसहित एक भारतीय पक्राउ

समाचार सुन्नुहोस : 

काठमाडौँ – ६ किलो ७८१ ग्राम काँचो सुनसहित प्रहरीले पोखराबाट एक जना भारतीयलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर-११ घर भई पोखरा महानगरपालिका-२ मोहोरिया टोलस्थित जय भैरव ज्वेलर्स संचालन गरी बस्ने ४० वर्षीय सुरजित भौमिक हुन्।

उनको ज्वेलर्सबाट स्रोत नखुलेको सुनका गहना तथा काँचो सुन ६ किलो ७ सय ८१ ग्राम ९९ मिलिग्राम, चाँदीका गहना ६ किलो र नगद ६२ लाख ८१ हजार रुपैयाँ बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई स्रोत नखुलेको उक्त परिणामको सुन, चाँदी तथा नगदसहित पक्राउ गरी मंगलबार राति पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

 

The post पोखराबाट साढे ६ किलो सुन र ६२ लाख नगदसहित एक भारतीय पक्राउ appeared first on Samudrapari.com.



from Samudrapari.com https://ift.tt/hXTMa3m

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today