Type Here to Get Search Results !

पूर्वराजा ज्ञानेन्द्रलाई माधव नेपालको सुझाव : चुनाव जितेर प्रधानमन्त्री बने हुन्छ

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन्।

एकीकृत प्रगतिशील प्राध्यापक संगठनले शनिबार ललितपुरमा आयोजना गरेको ‘नेपालमा उच्च शिक्षा: हालका प्रचलन र उदीयमान चुनौतीहरू’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राज्य शासन प्रणाली ठीक ढंगले चलेको छैन भने र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भइ चुनाव जितेर प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्न सुझाव दिए।

उनले भने, ‘राजतन्त्र फेरि फर्काउने चाहना हो भने यो कदावी सम्भव छैन । त्यसले केही पार लाग्दैन । कुनै कोणबाट हेर्दा पनि राजतन्त्रको औचित्यता पुष्टि गर्न सकिदैँन् । राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक कुरा हो । यदि शासन प्रणाली ठिक तरिकाले चलेको छैन भने नेता भएर आए हुन्छ । जनताकाबिचमा भिजे हुन्छ । चुनाव जितेर राम्रो प्रधानमन्त्रीको विकल्प दिए हुन्छ ।’ उनले देशमा निराशाजनक परिस्थिति र चर्को व्यक्तिवाद हाबी भएको भन्दै यसलाई चिर्नको लागि हरेक नागरिकले इमान्दार भएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

The post पूर्वराजा ज्ञानेन्द्रलाई माधव नेपालको सुझाव : चुनाव जितेर प्रधानमन्त्री बने हुन्छ appeared first on Samudrapari.com.



from Samudrapari.com https://ift.tt/RNnMUSl

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today