महोत्तरी- बर्दिबासमा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा बर्दिबासको गौतम होटलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा सुर्तीजन्य पदार्थको सेवनबाट मानिसमा पर्ने नकारात्मक असर , नियन्त्रण र नियमनमा देखिएका समस्याहरु , स्थानीय तहको भुमिका लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य दिदै जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले सुर्तीजन्य पदार्थको नियन्त्रण एवं नियमनमा स्थानिय तह लगायत संचारकर्मीको अहम् भुमिका रहने बताए ।
उनले भने , “स्थानीय सरकार चासोपुर्ण रुपले कार्य तथा निरीक्षण गर्न आवश्यक छ । सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोग भइरहेको जानकारी प्राप्त भएमा प्रहरी प्रशासनलाई जानकारी गराउनुपर्दछ ।”साथै उनले सुर्तीजन्य पदार्थको सेवन गर्नाले नसर्ने रोग क्यान्सर जस्तो ठुलो रोगको सिकार हुनपर्ने र सार्वजनिक स्थानमा यसको प्रयोग तथा सुर्तीजन्य पदार्थको उत्पादन एवं वितरणमा कानुन उलघंन गरेमा कानुन बमोजिम कार्वाही हुने र एक लाख सम्मको जरिवाना हुनसक्ने जानकारी दिए ।
धूम्रपान तथा सुर्ती सेवन गर्नाले हृदयाघात, क्यान्सर जस्ता रोग निम्तिने र फोक्सो र श्वासप्रश्वास सम्बन्धी समस्या सिर्जना हुने लगायत विभिन्न समस्याहरु सिर्जना हुने भएकोले यसलाइ नियन्त्रण गर्न आवश्यक रहेको र त्यसको लागि विद्यालय , अभिभावक , शिक्षा तथा स्वास्थ्य कार्यालय लगायत संचार क्षेत्र सचेतना जगाउनु आवश्यक रहेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए ।
अहिलेको परिस्थितिमा पनि युवा, महिला तथा बालबालिकाहरु यसको कुलतमा परेकाले उनिहरुलाई सुर्तीजन्य पदार्थको प्रयोगबाट बचाउन, धूम्रपान तथा सुर्ती सेवनले आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पर्ने नकारात्मक असर, नियन्त्रणका नागरिक समाज र स्थानिय सरकारले गर्नु पर्ने प्रयास , सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनलाई न्यूनीकरण गर्ने बारेमा उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण गर्ने बारेमा जानकारी प्रदान गरिएको छ ।
कार्यक्रममा जनस्वास्थ्य अधिकृत रविकान्त मिश्र , स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि ,सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने , जिल्ला स्वास्थ्य कार्यालय प्रमुख , एकडारा गाउँपालिका , महोत्तरी गाउँपालिका ,रामगोपालपुर नगरपालिका , बर्दिवास नगरपालिका , औरही नगरपालिका , भंगहा नगरपालिका र गौशाला नगरपालिकाका स्वास्थ्य शाखाका प्रतिनिधिहरु लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
The post सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न appeared first on Shirish News.
from Shirish News https://ift.tt/eWD4S5V
