Type Here to Get Search Results !

सूर्य नेपाल वेस्टर्न ओपनमा भुवनको अग्रता

पोखरा ( हाम्रो खेलकुद)- सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवन नगरकोटीले एक स्ट्रोकको अग्रता बनाएका छन्।

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको चौंथो प्रतियोगिताका रुपमा रहेको वेस्टर्न ओपन पोखरास्थित पार-६९ को हिमालयन गल्फ क्लबमा बुधबार सुरु भएको छ।

पूर्व नम्बर एक  प्रो भुवन ३-अण्डर ६६ को स्कोरमा शीर्ष स्थानमा रहेका हुन्।  एमेच्योर खेलाडी सदभाव आचार्य २-अण्डर ६७ मा खेल सकाउँदै दोश्रो स्थानमा रहे। रवि खड्का र निरज तामाङले इभन-पार ६९ को स्कोरमा तश्रो स्थान बाँडे।

१-ओभर ७० सहित धन बहादुर थापा पाँचौ स्थानमा रहँदा  दीपक आचार्य र टंक बहादुर कार्की २-ओभर ७१ सहित संयुक्त रूपमा छैटौं स्थानमा रहे। बलभद्र राई, भुवन कुमार‌ रोक्का, दीपक मगर, दिनेश प्रजापति तथा एमेच्योर सुन्दर राई ३-ओभर ७२ को‌ स्कोरमा संयुक्त रूपमा आठौं स्थानमा रहेका छन्।

लिडर भुवनले दोश्रो होलमा बर्डी प्रहार‌ गर्दै फ्रन्ट नाईनमा‌ १-अण्डर ३३ मा पुरा गरे। यस पछि तीन बर्डी खेलेका उनले एक बोगी खेप्दा ब्याक नाईन २-अण्डर ३५ मा सकाए। भुवनले ११औं, १५औं र १८औं होलमा एक-एक सट बचाउँदा १२औं होलमा बोगीको सामना गरे।

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि विजेता सदभावले फ्रन्ट नाइन १-अण्डर ३३ र ब्याक नाइन १-अण्डर ३४ मा सकाए। उनले तेश्रो होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगी रहित खेले। यस पछि १२औं होलमा बोगी खेपेका सदभावले १३औं र १५औं होलमा बर्डी प्रहार‌ गरे।

पूर्व नम्बर एक प्रो रविले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए र ब्याक नाईनमा‌ इभन-पार ३५ खेले। चौंथो र आठौं होलमा बर्डी प्रहार गरेका रविले छैटौं होलमा डबल बोगी खेपे। यस पछि १०औं होलमा बर्डी प्रहार गरे भने रविले १८औं होलमा एक सट खेर फाले।

निरजले फ्रन्ट नाईनमा‌ बोगी रहित १-अण्डर ३३ खेल्दा‌ ब्याक नाईनमा‌ १-ओभर ३६ खेले। उनले तेश्रो होलमा बर्डी प्रहार गरे। यसपछि निरजले १३औं र १५औं होलमा बोगी खेपे भने १४औं होलमा एक सट जोगाए।
तीन चल्ने प्रतियोगिता ५४ होलको हुनेछ। काठमाडौं बाहिर हुने २ प्रतियोगिता मध्ये एक, सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागिता छ।

साविक विजेता तथा नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई र सुबाश तामाङ भारतीय गल्फ टुरमा व्यस्त रहेकाले यो प्रतियोगितामा छैनन्। गत महिना धरानमा सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेर शुक्र भारतीय गल्फ टुरमा भाग लिन गएका हुन्। पूर्व नम्बर एक एमेच्योर गल्फर सुबाशले प्रोफेसनल गल्फ टुर अफ इण्डियाको क्वालिफाईङ्ग स्कुलमा दोश्रो हुँदै भारतीय गल्फ टुरको सन् २०२४ सिजनको लागि कार्ड प्राप्त गरेका थिए।

वेस्टर्न ओपनमा ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ २१ शीर्ष प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउँने छन्। एमेच्योर खेलाडीको हकमा पनि प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम दिन प्रतिस्पर्धा गर्न पाउनेछन्।

८ लाख ४० हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, दोस्रोले ९६, र तेस्रोले ७२ हजार रुपैयाँ प्राप्त गर्ने छन्। चौंथोले ५९, पाँचौंले ५० हजार रुपैयाँ पाउनेछन्। उत्कृष्ट २१ मा पर्न सफल अन्य गल्फरले नगद प्राप्त गर्नेछन् ।

The post सूर्य नेपाल वेस्टर्न ओपनमा भुवनको अग्रता first appeared on हाम्रो खेलकुद.



from हाम्रो खेलकुद https://ift.tt/qgnNaRh

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today