नेपाल ए सँगको एकदिवसीय क्रिकेटमा २१७ रनको लक्ष्य पछ्याएको क्यानडा ११ ले खराब सुरुवात गरेको छ ।
मुलपानीमा क्यानडाले ३.१ ओभरमै ९ रन जोड्दा २ विकेट गुमाइसकेको छ ।३.१ ओभरमा रसिद खानले आरोन जोनसनलाई साहब आलमको हातबाट क्याच गराए । ओपनर आरोनले २ रन मात्र बनाउन सके ।यसअघि प्रतिश जिसीले २.३ ओभरमा श्रीमन्था विजयरत्नेको विकेट लिएका थिए । श्रीमन्था ५ रनमा आउट भए ।टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो ।नेपालका बसिर अहमद ५० रनमा अविजित रहे । रासिद खानले ४० रन बनाए भने मयन यादवले ३६ रन जोडे ।

