Type Here to Get Search Results !

मधेश सरकारबाट हटेको जनमत संघीय सरकारमा रहिरहने

जनकपुरधाम – जनमत पार्टी संघीय सरकारमा रहिरहने भएको छ । मधेश सरकार छाडेको जनमत संघीय सरकारबाट पनि बाहिरिने चर्चा चलिरहेको बेला तत्काल नहट्ने निर्णय गरेको हो ।

आइतबार बानेश्वरस्थित पार्टी कार्यालयमा बसेको जनमतको सचिवालय बैठकले संघीय सरकारमा रहिरहने निर्णय गरेको हो ।

गत माघ ११ गते मधेश सरकारबाट समर्थन फिर्ता लिँदै जनमत बाहिरिएको थियो । यसले जनमत संघीय सरकारबाट पनि बाहिरिने चर्चा चलेको थियो ।संघीय सरकारमा जनमत पार्टीको संघीय तथा समान्य प्रशासन मन्त्रालय छ । जनमतकी अनिता साह समान्य प्रशासन मन्त्री छन् ।

अगामी जेठ १५ गते जनमतले काठमाडौंमै गणतन्त्र दिवसको अवसरमा आमसभा गर्ने निर्णय समेत बैठकले गरेको छ ।

The post मधेश सरकारबाट हटेको जनमत संघीय सरकारमा रहिरहने appeared first on Shirish News.



from Shirish News https://ift.tt/GiacSdU

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today