Type Here to Get Search Results !

प्रेस सेन्टर नेपालको जापान शाखा गठन हुने


टोकियो – प्रेस सेन्टर नेपालको जापान शाखा गठन हुने भएको छ ।

प्रेस सेन्टर नेपाल निकट पत्रकारहरुको आइतबार भएको भर्च्युअल भेलाले जापान शाखा गठन प्रयोजनका लागि सन्दिप सुनारको संयोजकत्वमा एक तदर्थ समिति गठन गरेको छ । समितिमा बिनोद ढकाल उपसंयोजक रहनुभएको छ । तदर्थ समितिलाई आगामी मार्च १७ तारिखका दिन टोकियोमा प्रथम अधिवेशन गर्ने म्याण्डेट दिईएको छ ।

त्यस्तै यहि फेब्रुअरी २४ मा हुन गईरहेको प्रेस सेन्टर नेपालको प्रवास प्रदेश समितिको प्रथम अधिवेशनमा जापानबाट उत्साहजनक उपस्थिति र प्रभावकारी भूमिका रहने गरी सक्रिय सहभागिता जनाउने निर्णय पनि भेलाले गरेको छ ।

भेलाले प्रेस सेन्टर नेपाल, जापान शाखालाई मजबुत बनाउदै पारस्परिक भेटघाट, संवाद तथा सहयोग आदानप्रदानको वातावरण निर्माण गर्ने र सामाजिक रुपान्तरणका लागि निरन्तर कलम चलाउने पत्रकारहरुरूलाई प्रोत्साहित गर्दै उनीहरूको पत्रकारिता क्षमताको बिकास गर्नमा जोड दिने निश्कर्ष समेत निकालेको छ ।

प्रेस सेन्टर नेपाल पूर्वी एशियाका इञ्चार्ज तिलक मल्लले सहजीकरण गर्नुभएको सो भेलामा नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेल, निवर्तमान अध्यक्ष भवानी पन्त, उपाध्यक्ष बाबुराम पौडेल लगायत सेन्टर निकट पत्रकारहरूको उपस्थिति रहेको थियो ।***

The post प्रेस सेन्टर नेपालको जापान शाखा गठन हुने appeared first on Samudrapari.com.



from Samudrapari.com https://ift.tt/jaoM2sG

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today