Type Here to Get Search Results !

आर्सनलद्वारा लिभरपुल पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानमा रहेको आर्सनल विरुद्ध पराजित भएको छ । आईतबार राति आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोली ३-१ ले विजयी भएको हो ।

आर्सनलको जितमा बुकायाे साका, गाब्रिएल मार्टीनेली र लियान्द्रो ट्रोसार्डले एक एक गोल गरे ।

खेलको १४औं मिनेटमा साकाले गोल गर्दै खेलमा आर्सनलका लागि सुरुवाती अग्रता दिलाएका थिए । काई हाभेर्ट्जको प्रहार लिभरपुल गोलरक्षक एलीसनले बचाएपछि साकाले बललाई सहजै जालि चुमाएका थिए ।

पहिलो हाफको अन्त्यतिर लिभरपुलले बराबरी गोल गर्यो । लुइज डियाजको क्रस आर्सनल डिफेन्डर गाब्रिएल माघालेसले आफ्नै जालिमा हालेपछि लिभरपुलले खेलमा बराबरी गोल गर्यो ।

दोस्रो हाफमा आर्सनलमाथि लगातार आक्रमण बुनेको लिभरपुलले दुई गोल खान पुग्यो ।

६७औं मिनेटमा लिभरपुलका डिफेन्डर भर्जिल भ्यान डाइक र गोलरक्षक एलिसन बीचमा तालमेल नमिलेपछि मार्टीनेलीले गोल गरेका थिए । बक्सको छेउमा क्लियर गर्न आएका एलिसनले क्लियर गर्न नसकेपछि मार्टीनेलीले सहजै बललाई पोस्टको दिशा देखाए ।

८८औं मिनेटमा लिभरपुल दश जनमा सिमित भयो । डिफेन्डर इव्राहिम कोनाटे दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिए । त्यसको चार मिनेटमा आर्सनलले अर्को गोल थप्यो ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा ट्रोसार्डले सुन्दर गोल गर्दै खेलमा आर्सनलको जित सुनिश्चित गरे ।

जित पछि आर्सनलले शीर्ष स्थानको दूरी घटाएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको २३ खेलमा ४९ अंक छ । लिभरपुल २३ खेलमा ५१ अंक सहित शीर्ष स्थानमा कायम छ ।

तेस्रो स्थानमा रहेको र २१ खेल खेलेको म्यानचेस्टर सिटी दुई जित सहित शीर्ष स्थानमा उक्लिन सक्ने छ । सिटीले सोमबार ब्रेन्टफर्डको सामना गर्ने छ ।

The post आर्सनलद्वारा लिभरपुल पराजित first appeared on हाम्रो खेलकुद.



from हाम्रो खेलकुद https://ift.tt/fO618i9

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today