समाचार सुन्नुहोस :
काठमाडौँ – प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रबद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ ।
प्रतिनिधि सभाको बुधवार बसेको बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० बहुमतले पारित गरेको छ। प्रतिनिधिसभाले पारित गर्नुअघि विधेयकमाथि कानुन समितिमा दफाबार छलफल भएको थियो ।
सो विधेयक पारित गरियोस् भनि कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राखेको प्रश्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे। प्रतिनिधि सभाको आगामी बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको छ।
The post सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित appeared first on Samudrapari.com.
from Samudrapari.com https://ift.tt/qmiarSO