Type Here to Get Search Results !

नामिबियाले टस जितेर ब्याटिङ रोज्यो, नेपाल फिल्डिङ गर्दै


 टी–२० आई त्रिकोणीय शृंखलाको पहिलो म्याच केहीबेरपछि सुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा हुने खेलमा आज नेपाल र नामिबिया भिड्दै छन् । 

नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नामिबियाका कप्तान जेजे स्मितले टस जितेर पहिलो ब्याटिङ रोजेका हुन् । नियमित कप्तान जेरार्ड एरास्मस आजको म्याचमा नखेल्ने भएकाले नामिबियाको नेतृत्व जेजे स्मितले गरेका हुन् । 

नेपाल केहीबेरपछि फिल्डिङका लागि मैदानमा उत्रनेछ । नेपाली टोली रोहितकुमार पौडेलको कप्तानीमा उत्रँदै छ । एकदिवसीय टिममा नरहेका सन्दीप जोरा, विवेक यादव र अभिनाश बोहराले आज मौका पाएका छन् । 

यस्तै, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, यादव र गुल्सन झा टिममा छन् । 

नामिबियाको टोलीमा जेपी कोट्जे, जान फ्रिलिंक, मलान क्रुगर, माइकल भान लिंगेन, जेन ग्रिन, रुबेन ट्रम्पलम्यान, जेजे स्मिट, जान निकोल लोफ्ट इटन, बर्नार्ड स्कोल्ज, टांगेनी लुन्गामेनी र पिटर ब्लिगनट छन् । 

नेपाल, नामिबियासँगै शृंखलामा नेदरल्यान्ड्स पनि सहभागी छ । 
 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today