समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री केशबकुमार बुढाथोकीको निधन भएको छ। विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति ८० वर्षको उमेरमा नेता बुढाथोकीको निधन भएको हो । बुढाथोकी क्यान्सरबाट पीडित थिए । ‘सेतो बाघ’ उपनामले चर्चित झापा अर्जुनधारा नगरपालिकाका बासिन्दा बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए ।
पार्टी नेता डा. शेखर कोइरालाले बुढाथोकीको निधनबारे जानकारी दिँदै कांग्रेस पार्टी संगठनमा उनले पुर्याएको योगदान उदाहरणीय र महत्त्वपूर्ण रहेको बताएका छन्। शोकाकुल परिवारमा हार्दिक समवेदना तथा स्व. बुढाथोकोप्रति उनले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनको निधनले पूर्वी नेपाल खासगरी झापामा ठूलो रिक्तता अनुभूति हुने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्।
The post पूर्वमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीको निधन appeared first on Samudrapari.com.
from Samudrapari.com https://ift.tt/4lWKERd