Type Here to Get Search Results !

जसपाका दुई पालिका समिति पुनर्गठन


 जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा पालिका समिति पुनर्गठन भएका छन् । यसरी पुनर्गठन गरिएका पालिकामा धनकुटाको सहिदभूमि गाउँपालिका र इलामको माङ्सेबुङ गाउँपालिका रहेका छन् ।

पार्टीको राजनीतिक समिति सदस्य राजकुमार राईको प्रमुख आतिथ्यतामा पालिकामा आयोजित भेलाले टङ्क राईको अध्यक्षतामा २१ सदस्यीय सहिदभूमि गाउँ समिति पुनर्गठन गरेको हो ।

त्यस्तै शुक्रबार माङ्सेबुङको वडा नं ५ मा आयोजित भेलाबाट किसान खजुमको अध्यक्षतामा ३१ सदस्यीय गाउँ समिति पुनर्गठन गरेको छ । कार्यक्रमममा पार्टीका कोसी प्रदेश समितिका अध्यक्ष दीपक याक्खा, प्रदेश निर्वाचन आयोगका अध्यक्ष विनोद नेम्बाङ, लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष एवम् इलाम जिल्ला इन्चार्ज सञ्जय मेवाहाङ राईलगायतका नेताहरु उपस्थित रहेका थिए ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today