Type Here to Get Search Results !

आज नेपाली काँग्रेसका महामन्त्री गगन थापा धनुषाको कमला आउँदै 

जनकपुरधाम । नेपाली काँग्रेसका महामन्त्री एवम् पूर्व मन्त्री गगन थापा भोली धनुषा आउने भएको छ । कमला बचाउ अभियानको वृहत वृक्षारोपण कार्यक्रममा सहभागी हुन नेता थापा आज मंगलवार कमला नगरपालिका आउन लागेका हुन् ।

कमला बचाउ अभियानले धनुषा र सिरहा जोडने ऐतिहासिक एवम् धार्मिक नदी कमला बचाउन किनारमा उच्च जातको वृक्षारोपण गरी भूक्षयबाट बचाउने कार्यक्रम अन्तर्गत प्रमुख अतिथिको रुपमा नेता थापा धनुषा आउन लागेको अभियानका सँयोजक विक्रम यादवले बताए ।

आज मंगलवार विहान ९ बजे कमला नगरपालिका वडा नं. ५ को कमला छेउमा वृहत वृक्षारोपण कार्यक्रम रहेको जनाईएको छ । सोही दिन पिपल, निम, तुलसी अभियान र मिथिला वाईल्ड लाईफ ट्रस्टको सहयोग तथा कमला बचाउ अभियानकै पहलमा निर्माण गरिएको दुई शिक्षालय समेत उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

The post आज नेपाली काँग्रेसका महामन्त्री गगन थापा धनुषाको कमला आउँदै  appeared first on Shirish News.



from Shirish News https://ift.tt/YnWVFtL

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today