Type Here to Get Search Results !

इखालु रविनको लोभलाग्दो उडान

 


सुर्खेतमा भएको ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको विभागीय डर्बीमा एपीएफसँग पराजित भएपछि नेपाल पुलिसका रविन चन्दलाई रातभर निद्रा परेन ।

समूह चरणको खेलमा पुलिस एपीएफसँग ३-१ सेटमा पराजित भएको थियो । ‘लिगमा एपीएफसँग हारेको दिन निद्रा नै परेन’ दुई हप्तापछि अनलाइनखबरसँग उनले त्यो हारेपछिको रात सम्झे, ‘म पुलिसको वेष्ट खेलाडी हो । मैले राम्रो खेलिनँ, मैले राम्रो खेले मात्रै अन्यले पनि खेल्छन् भन्ने लागेर रातभर मनमा कुरा खेलिरहृयो ।’नेपाल पुलिसका मुख्य खेलाडी रहेका २४ वर्षीय रविनले त्यो हारलाई ठूलो इखका रूपमा लिए । जसले उनलाई खेल सुधार्न मद्दत मिल्यो । समूह चरणको अन्तिम खेलमा कोशीलाई ३-० को सेटमा पराजित गर्दै समूह उपविजेता बनेर सेमिफाइनलमा पुगेको पुलिसले आर्मीलाई हरायो ।

समूह चरणमा एक खेल हारेपछि गर्जेको पुलिस फाइनलमा पनि रोकिएन, बदला लिंदै एपीएफलाई हराएर च्याम्पियन बन्यो । ‘समूह चरणको हारको इखले नै आर्मीसँग सेमिफाइनल जित्दै फाइनलमा पनि एपीएफलाई हराइयो’, उनी गर्वका साथ भन्छन् ।आर्मीसँगको सेमिफाइनल ३-० को सेटमा जितेको पुलिसले फाइनल खेल ३-१ को सेटमा जितेको थियो । ‘प्रतियोगिता सोचे जस्तै भयो’ रविन भन्छन्, ‘टिमले जित्यो, निकै खुसी छु ।’   रविनको टिमले उपाधि मात्रै जितेन, प्रतियोगितामा उनी सर्वोत्कृष्ट खेलाडी घोषित भए । आर्मी र एपीएफसँगको खेलमा गरेको प्रदर्शनले नै उनी राष्ट्रिय भलिबल प्रतियोगितामा पहिलो पटक सर्वोत्कृष्ट भए । चितवनमा भएको राष्ट्रियस्तरको प्रतियोगितामा उत्कृष्ट खेलाडी बनेको भए पनि नेपाल भलिबल संघले नै आयोजना गरेको राष्ट्रिय प्रतियोगितामा उनी पहिलोपल्ट उत्कृष्ट बनेका हुन् ।
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today