Type Here to Get Search Results !

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान र पत्नी बुसरालाई १४ वर्ष जेल

 

मंगलबार नै अर्को मुद्दामा खानलाई १० वर्ष जेल सजाय सुनाइएको थियो                                                         

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पत्नी बुसरा बिबीलाई पाकिस्तानी अदालतले १४ वर्षको जेल सजाय सुनाएको छ । मंगलबार मात्र पाकिस्तानी पूर्वप्रधानमन्त्री खानलाई पाकिस्तानी अदालतले गोप्य दस्तावेज सार्वजनिक गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाएको थियो ।

बुधबार फेरि अदालतले भ्रष्टाचार आरोपमा खान दम्पतीलाई १४/१४ वर्ष जेल सजाय सुनाएको हो । अदालतको फैसलापछि खानपत्नी बुसराले आत्मसमर्पण गरेकी छिन् ।

सरकारमा हुँदा उपहार बिक्री गर्दा पाएको रकमबारे जानकारी नगराएको ‘तोषाखाना मामिला’मा उनलाई अदालतले कैद सजाय सुनाएको हो । मंगलबार खानसहित पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई कूटनीतिक पत्राचार चुहावट गरेको आरोपमा १०/१० वर्ष जेल सजाय सुनाइएको थियो ।

पीटीआईले यस फैसलाविरुद्ध उच्च न्यायालयमा चुनौती दिने र उक्त सजाय उल्टिने अपेक्षा गरेको जनाएको छ । पाकिस्तानमा आम चुनावको केही दिनअघि इमरानमाथि सजाय सुनाइएको हो । पाकिस्तानमा फेब्रुअरी ८ मा आम चुनाव हुँदैछ ।विश्वासको मत पाउन नसकेपछि सन् २०२२ मा उनी प्रधानमन्त्रीबाट हट्नुपरेको थियो । भ्रष्टाचारको आरोपमा दोषी ठहर भएर उनी अहिले तीन वर्षको जेल सजाय भोगिरहेका छन्। उनले आफूमाथि लगाइएका सबै आरोपहरू राजनीतिक उद्धेश्यबाट प्रेरित भएको बताउँदै आएका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today