समाचार सुन्नुहोस :
काठमाडौँ – सरकारले एनसेलको ८० प्रतिशत सेयर खरिद-बिक्री प्रकरणको छानबिन गर्न गत मंसिर २१ गते गठन गरेको उच्चस्तरीय समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ। करिब डेढ महिनाभन्दा बढी अनुसन्धानपछि तयार भएको प्रतिवेदन समितिका संयोजक टंकमणि शर्माले हिजो सोमवार साँझ प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
मलेसियाली कम्पनी आजियटाले आफ्नो सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको नाममा रहेको स्पेक्ट्रलाइटलाई बिक्री गरेका थिए। यसलाई लिएर प्रमुख प्रतिपक्षीसहितका दलहरूले आलोचना गरेपछि छानबिन समिति बनेको थियो। सरकारले गठन गरेको छानबिन समितिमा शर्मा सहित सदस्यमा सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन्।
The post एनसेल खरिद-बिक्री प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन appeared first on Samudrapari.com.
from Samudrapari.com https://ift.tt/pVi6hLU