Type Here to Get Search Results !

जनकपुरबाट हराएको बस सिराहामा फेला

 

जनकपुर । जनकपुरबाट हराएको बस सिराहामा भेटिएको छ । मंगलबार ना.४ ख २३२७ नम्बरको नवदुर्गा ट्राभल्सको बस चोरी भएको भन्दै बस धनीले प्रहरीमा उजुरी गरेका हुन् । 

सो बस सिराहको गोलबजार नगरपालिका वडा नम्बर–७ मा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रन्जन अवाले रातोपाटीलाई बताए ।  

जनकपुर उपमहानगरपालिका–३० स्थित बसपार्कमा सो बस सोमबार साँझ देखी पार्किङ गरेर राखिएको थियो । बस चोरीमा संलग्नहरुबारे अनुसन्धान भइरहेको डिएसपी अवाले जानकारी दिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today