Type Here to Get Search Results !

पशुपतिमा हुने आरतीको भिडियो खिच्न नपाइने सूचनामा कोषको संलग्नता नभएको दाबी

 unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पशुपतिको बाग्मती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने सूचनामा संलग्नता नरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले विज्ञप्ति निकालेर भिडियो खिच्न नपाइने सूचनामा कोषको असहमति रहेको र यस्तो सूचनाप्रति कोषको कुनै पनि संलग्नता नरहेको दाबी गर्नुभएको हो ।

यसअघि पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिको नाममा सार्वजनिक भएको सूचनामा पशुपति क्षेत्रमा भिडियो खिचेर सामाजिक सञ्जालमा राखे कपीराइट ऐन अन्तर्गत कारबाही हुने उल्लेख थियो ।

यसको चौतर्फी विरोध भएपछि कोषले यसमा आफ्नो संलग्नता नरहेको बताएको हो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today