Type Here to Get Search Results !

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

 

महोत्तरी - गौशालामा बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौशाला नगरपालिका-१२ का ४५ वर्षीय उपेन्द्रसिंह कुशवाहालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।

कुशवाहाले बालिकालाई पुस २१ गते राति करिब साढे ८ बजे सुतिरहेको अवस्थामा ललाइफकाइ गरेर बलात्कार गरेको प्रहरी निरीक्षक यादवले बताए । प्रलोभनमा पारी बलात्कार गरेको भनी पीडितको परिवारले आइतबार साँझ इलाका प्रहरी कार्यालय गौशालामा जाहेरी दिएपछि जाहेरी दरखास्तमा उल्लेखित आराेपीलाई खोजतलासको क्रममा कुशवाहालाई पक्राउ गरिएको हाे। घटनामा संलग्न अन्य फरार रहेकाको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

सुतिरहेकी बालिकालाई बलात्कार गरेको दृश्य मोबाइलमा कैद भएको भिडियोसहित पीडित परिवारले जाहेरी दिएको प्रहरी निरीक्षक यादवले बताए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today