औरही नगरपालिकाको वडा कार्यालयमा कपाली तमसुक दर्ताको नाममा नियमविपरीत रुपमा रकम उसुल गर्दै आएको छ। औरही नगरपालिका वडा नं. २ का कार्यालयमा कपाली तमसुक दर्ता गर्नका लागि आउने धनी संग मनपर्दी रकम असुल्ने गरेको गुनासो सेवाग्राहीले गरेको छ।
औरही नगरपालिका २ बस्ने चन्दर देवी यादवको अनुसार कपाली तमसुक तयार पार्नका लागि वडा कार्यालय परिसरमा रहेको लेखनदासले प्रतिव्यक्ति एक सय देखि दुई रुपैयाका दरले रकम लिँदै आएको जनाएको छ। त्यस्तै ऋणी सम्पर्कमा नआउने धनी संग वडा कार्यालयले पुर्जी काटेर सम्पर्कमा ल्याउनका लागि सो रकम बिना रसिदको असुल्दै आएको यादवले बताए। त्यस्तै अर्का स्थानीय सुरेश यादवका अनुसार वडा कार्यालयमा निवेदन दर्ता गराउने क्रममा वडा न. २ का वडा अध्यक्ष दरेश यादवले प्रति फाइल ५ सय,१ हजार र १५०० सय सम्म माग गरेका छन् ।
सो रकम नदिँदा कपाली तमसुक दर्ता नहुने वडा अध्यक्ष यादवले सबै सेवाग्रही संग खुलेयाम पैसा असुल्दै आएको स्थानीय सुरेश यादव,अन्चल यादव लगाएत अन्य सेवाग्राहीहरुले संचारमाध्यमा आफ्नो गुणासो राखेको छ । स्थानीयहरुले भने, 'वडाले माग गरेको रकम फाइल भित्र टाँस्ने गर्दछ। सो रकम माग गरिएको र त्यसको रसिद माग गरेपछि फाइल अलपत्र पारिदिने धम्कि समेत दिने गरेको छ।' यस सम्बन्धमा वडा कार्यालयमा रहेको वडा अध्यक्ष संग विस्तृतमा बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्। नगरपालिकाको कार्यालयले त्यस्ता कपाली तमसुक दर्ताका लागि २ सय रुपैयाँ निर्धारण गरिएको कुनै पनि शर्तमा थप रकम नदिनका लागि सर्वसाधारणमा आग्रह गरेका छन्।
नगर प्रमुख प्रदिप कुमार खड्काले भने पालिकाले निर्धारण गरेको रकमभन्दा बढी माग गरेमा तत्काल आफूलाई जानकारी गराउनका लागि सर्वसधारणमा आग्रह गरेका छन्। आफूले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको त्यस्तो कार्यमा संलग्न जनप्रतिनिधी र कर्मचारी लाई कानुनअनुसारको कारवाही गरिने नगर प्रमुख खड्काले प्रतिबद्धता जनाएका छन्।
२०७९ सालमा भएको स्थानीय निर्वाचनमा औरही नगरपालिकाको वडा २ को वडा अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)बाट दरेश यादव ७०३ मत ल्याएर विजयी हुनु भएको थियो। तर विजय हुन साथ वडा कार्यालयबाट हुने कामकाज र वडामा हुने सडक ढलान,सडक ग्रेभाल,भवन निर्माण यस्ता कार्यमा पिसी लिएर आफ्नो नजिकको मान्छेहरु लाई काम दिने गरेको स्थानीयहरुले बताएका छन्।
तर ७०३ जनतले मत दिएका लाई बेवास्ता गर्दै आएको अहिले वडा कार्यालयमा कपाली तमसुक दर्ता गर्ने नेपाल सरकारले आहवान गरेको छ,तर वडा अध्यक्षले आफ्नो दाजु,भाईको नामबाट बनेको कपाली तमसुक दर्ता नगर्ने गरेको पकाली तमसुक दर्ता गर्नका लागि आउने धनीहरुले बताएका छन्। मंगलवार कपाली तमसुक दर्ता गर्न गएका धनीहरु नगरपालिकामा निबेदन दर्ता गराएको छ ।

स्थानीयहरुका नुसार आफुहरु यस वर्ष वडा कार्यालयका कामकाज प्रति असन्तुस्ट रहेको र गलत ब्यतिलाई निर्वाचन गराएको अनुभूति गरेका छौ। वडा कार्यालयको कुर्सिमा कहिले वडा अध्यक्षको छोरा बसेको पनि देखिन्छ तर सो वडा कार्यालय परिसरमा बस्ने केहि राजनीतिकर्मी समेत वडा अध्यक्ष संग मिलेर बस्ने गरेका छन् तर गलत गतिबिधि गरेको देखेपनि त्यस्ता राजनीतिकर्मी केहि नबोल्ने गरेका छन्।