एजेन्सी – दुई दावेदार मानिएका टोली बीचको खेलमा साउदी अरेबिया माथि टाईब्रेकरमा जित हासिल गर्दै दक्षिण कोरिया कतारमा जारी एसियन कपको क्वाटरफाइनमा प्रवेश गरेको छ । टाईब्रेकरमा ४-२ को जित निकाल्दै दक्षिण कोरियाले क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएको थियो । लगातार आक्रमण बुनिरहेको कोरियाले इन्ज्युरी समयको नवौं मिनेटमा गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलेको थियो ।
गुए-सुङ चोले इन्ज्युरी समयको नवौं मिनेटमा हेडर मार्फत गोल गर्दै दक्षिण कोरियाको एसियन कप यात्रा जोगाएका थिए । त्यसअघि दोस्रो हाफको पहिलो मिनेटमा नै साउदी अरेबियाका अब्दुल्लाह रदिफले गोल गर्दै अग्रता दिलाएका थिए ।
टाइब्रेकरमा साउदीका दुई खेलाडीको पेनाल्टी ह्युन-वु चोले बचाउन सफल भए । उनले समी अल-नजेई र अब्दुलरहमान घरिबको पेनाल्टी रोक्न सफल भएका थिए ।
दक्षिण कोरियाले अब क्वाटरफाइनलमा अर्को दावेदार टोली अष्ट्रेलियाको सामना गर्ने छ ।
बुधबार एसियन कपमा प्रि-क्वाटरफाइनलमा थप दुई खेल हुँदै छन् । साँझ ५:१५ बजे बहराइन र जापान भिड्ने छन् भने राति ९:४५ बजे इरान र सिरिया खेल्ने छन् ।
The post दक्षिण कोरिया साउदीलाई हराउँदै एसियन कपको अन्तिम आठमा first appeared on हाम्रो खेलकुद.
from हाम्रो खेलकुद https://ift.tt/Ow18yim