Type Here to Get Search Results !

पेट्रोल र डिजेलको मूल्य घट्यो

 

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो ।इन्डियन आयल कर्पोरेसनबाट सोमबार मूल्य घटेर आएपछि निगमले मूल्य घटाएको हो ।

निगमका अनुसार मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली,विराटनगर,जनकपुर,अमलेखगञ्ज,भलवारी,नेपालगञ्ज,धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६३.५० र डिजेलको मूल्य १५३.५० रुपैयाँ कायम भएको छ ।दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ ।

यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today