Type Here to Get Search Results !

भगवान रामको प्राण प्रतिष्ठाको अवसरमा दिपावली मनाउन आग्रह

 हिन्दु स्वयं सेवक संघले भारतको अयोध्यामा नवनीर्मित मन्दिरमा भगवान रामको प्रतिमाको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधाम सहित देशभरीमा दीप प्रज्वलन गरी दिपावली मनाउन आग्रह गरिएको छ ।

संघको आयोजनामा जनकपुरधाममा आयोजित धार्मिक संघ संस्था सदभाव बैठकमा प्राण प्रतिष्ठा हुने दिन जनकपुरधामवासीलाई घर घरमा दीप बालेर दिपावली मनाउन आग्रह गरिएको हो । सयौँ वर्षको लामोको प्रतिक्षा पछि भगवान रामको मन्दिर निर्माण भएकाले सो को खुशियालीमा सरिक हुन सबैलाई अपिल समेत गरिएको हो ।
कार्यक्रममा सहभागी जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले राम मन्दिर निर्माण भएको र सो मन्दिरमा भगवान रामको प्रतिमाको प्राण प्रतिष्ठा कार्यक्रमको अवसर पारेर जानकी मन्दिरले सप्ताहव्यापी कार्यक्रम गर्न लागेको जानकारी दिए । उनले यसका साथै सीताराम नाम किर्तनको समेत आयोजनागर्न लागिएको बताए । महन्थ दासले त्यो दिन दिपावली मनाउनुका साथै घर घरमा सीताराम नामको भजन गर्न समेत आग्रह गरे ।
संघको विभाग संघचालक पवन ठाकुरको अध्यक्षतामा भएको सो सदभाव बैठकमा प्रमुख अतिथि राष्ट्र सह संघचालक कल्याण तिमिल्सिना, गुठी संस्थान कार्यालय जनकपुरधामका प्रमुख आनन्द प्रसाद कर्माचार्य, नेपाल बार एसोसिएसन जनकपुरधामका अध्यक्ष बलराम सुवेदी, प्रदीप शर्मा, मोहन साह हिन्दु लगायतको उपस्थिति रहेको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today